You are viewing the translated version of कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवा शर्त सम्बन्धी.

Schedule 4
कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवा शर्त सम्बन्धी

अनुसूची

(नियम २२ सँग सम्बन्धित)

कार्यकारी निर्देशकको पारिश्रमिक, सुविधा तथा सेवा शर्त सम्बन्धी

(क) मासिक पारिश्रमिक नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणी सरहको पारिश्रमिक
(ख) सवारी साधन चालक सहितको एक उपयुक्त सवारी साधन
(ग) इन्धन पेट्रोल/डिजेलः मासिक असी लिटर

मोविल/ब्रेक आयलः हरेक तीन महिनामा पाँच लिटर

(घ) टेलिफोन नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको निजामती कर्मचारीले पाए सरह
(ङ) चाडपर्व खर्च प्रत्येक वर्ष खाइपाई आएको एक महिनाको पारिश्रमिक बराबरको रकम
(च) बिदा घर बिदा, बिरामी विदा, पर्व बिदा र भैपरी आउने बिदा निजामती सेवाका कर्मचारी सरह
(छ) सञ्चय कोष मासिक पारिश्रमिकको दश प्रतिशत रकम कट्टा गरी कट्टा भएको बराबर थप रकम (यो व्यवस्था वि.सं. २०७० साल श्रावण १ गतेदेखि लागु हुनेछ ।)
 (ज)  दैनिक भ्रमण भत्ता नेपाल सरकारको निजामती सेवाको राजपत्राङ्कित प्रथम श्रेणीको निजामती कर्मचारीले पाए सरह